हेटौँडाः हेटौँडा–३, बस्तिपुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजेको समयमा पूर्व पश्चिम सडकखण्डमा बस्तिपुरबाट मनहरी तर्फ जाँदै गरेको बा प्र ०३–००१ ह ०२५१ नम्बरको अटोले ठक्कर दिँदा सोहि ठाउँ बस्ने ४२ वर्षीय मनोज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
अटोको ठक्करबाट लामा मध्यम घाइते भएका थिए । घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएकोमा उपचारको क्रममा राती १० बजेर १० मिनेटमा समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अटो चालक मनहरी गाउँपालिका–७, रमनटारका ४२ वर्षीय प्रेम बहादुर सिङतानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।











