सांकेतिक तस्वीर ।

हेटौँडाः हेटाँैडा–१०, बसपार्कमा बिरामी अवस्थामा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो २ बजेर ३० मिनेटको समयमा ३५ वर्षीय कञ्चन परियार नाम बताउने महिला बिरामीे अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

परियारलाई प्रहरीले उद्दार गरी उपचारका लागि हेटौँडा अस्पताल लगेको थियो । परियारको उपचारको क्रममा बिहीबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । कञ्चनको ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।