हेटौँडा–४, कर्रास्थित श्रमिक मावि परीक्षा केन्द्रमा अध्यापन अनुमतिपत्रको परीक्षा दिँदै परीक्षार्थी । फाइल तस्वीर ।

हेटौँडाः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षामा शनिबार भएको छ । हेटौँडा भएको परीक्षामा एक हजार ३ सय २९ जना परीक्षामामा अनुपस्थित भएका छन् ।

परीक्षाका लागि ५ हजार परीक्षार्थीले आवेदन फारम भरेकोमा ३ हजार ६ सय ७१ जनामात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका परीक्षा शाखाकी प्राविधिक सहायक सरला अधिकारीले जानकारी दिनुभयो । शिक्षण अनुमतिको वस्तुगत परीक्षा दिउँसो १ बजेदेखि २ बजेसम्म सञ्चालन भएको थियो । हेटौंडा उपमहानगरभित्रका ११ वटा विद्यालयमा २० वटा परीक्षा केन्द्र रहेको थियोे ।

हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय, बालजागृति इङ्लिस सेकेण्डरी स्कूल, हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालय परीक्षा केन्द्र तोकिएको थियो । यसैगरी हेटौंडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालय, हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालय, हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–११ स्थित त्रिभूवन माध्यमिक विद्यालय र हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । २० जना केन्द्राध्यक्ष समेत तोकिएका थियो ।