हेटौँडाः हेटौँडा–४ स्थित मित्र मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडामा सहकारीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खनालको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह भएको थियो ।
सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ४६ लाख ५३ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने ५ करोड ७२ लाख ५० हजार रुपैयाँ बचत संकलन गरेको सहकारीका व्यवस्थापक रामहरी खरेलले जानकारी दिनुभएको छ । गत असार मसान्त महिनासम्म ६ करोड २५ लाख ५१ हजार ८ सय ६४ रुपैयाँ ऋण बाँकी रहेको बताउनुभएको छ । सहकारीको सेयर पुँजी १ करोड ४२ लाख ६५ हजार रुपैयाँ रहेको छ । सहकारीले यस वर्ष १० लाख १७ हजार रुपैयाँको खुद नाफा गरेकोमा बताइएको छ । साधारणसभाको अवसरमा असल ऋणी, बचतकर्ता, सदस्यलाई सम्मान समेत गरिएको थियो ।