हेटौँडाः बागमती प्रदेशमा बढुवाका लागि आवेदन दिएका मध्ये ३८ प्रतिशत शिक्षक परीक्षामै अनुपस्थित भएका छन् । गत शनिबार हेटौँडामा भएको परीक्षामा बढुवाका लागि आवेदन दिएका एक हजार ५३ जना शिक्षक अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । परीक्षामा एक हजार पाँच सय २४ जना सहभागी भएको इकाईकी अधिकृत संगीता घलेले जानकारी दिनुभयो ।
प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तीनै तहमा तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा र द्वितीय श्रेणीबाट प्रथम श्रेणीमा बढुका लागि शिक्षकको लिखित परीक्षा भएको हो । शनिबार बिहान ११ बजेदेखि ३ घण्टाको लिखित परीक्षा लिइएको थियो । बढुवाको परीक्षामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी बागमती प्रदेशका १३ जिल्लाका दुई हजार आठ सय ७१ जना शिक्षकले फारम भरेका थिए । प्राथमिक तहको द्वितीय श्रेणीमा ७३ जनाको सिटमा बढुवा हुन एक हजार दुई सय ९८ जनाले फारम भरेका थिए ।
दोलखा जिल्लामा ४ जनाका लागि ७५ जनाले आवेदन दिएका छन् । यस्तै, रामेछापमा ५ जनाका लागि ८३ जना, सिन्धुलीमा ५ जनाका लागि ६८ जना, सिन्धुपाल्चोकमा ५ जनाका लागि १०२ जना, रसुवा जिल्लामा २ जनाका लागि ३१ जना, नुवाकोट जिल्लामा ७ जनाका लागि १०७ जना, धादिङ जिल्लामा १२ जनाका लागि १३२ जना, काभ्रेपलाञ्चोकमा ६ जनाका लागि ६६ जना, काठमाडौंमा ११ जनाका लागि दुई सय १८ जना, ललितपुरमा ५ जनाका लागि १३७ जना, मकवानपुरमा ५ जनाका लागि १०३ जना, चितवनमा ६ जनाका लागि १७६ जना शिक्षकले आवेदन दिएका थिए ।
यस्तै द्वितीय श्रेणीबाट प्रथम श्रेणीमा बढुवाका लागि १२ जनाको माग रहेकोेमा २०३ जनाले फारम भरेका थिए । रामेछापमा १ जनाका लागि २१ जनाले आवेदन दिएका थिए भने सिन्धुलीमा १ जनाका लागि ८ जनाले, सिन्धुपाल्चोकमा १ जनाका लागि २२ जनाले, धादिङमा २ जनाका लागि २३ जनाले, काभ्रेपलाञ्चोकमा ३ जनाका लागि ३३ जनाले, भक्तपुरमा १ जनाका लागि २१ जनाले, ललितपुरमा १ जनाका लागि १५ जनाले, मकवानपुरमा १ जनाका लागि ३१ जना र चितवनमा १ जनाका लागि २९ जनाले आवेदन दिएका छन् ।
निम्न माध्यमिक तहको द्वितीय श्रेणीमा १६ जना शिक्षकका लागि ६०१ जनाले आवेदन फारम भरेका छन् । रामेछापमा १ जनाका लागि २३ जनाले, सिन्धुलीमा १ जनाका लागि २७ जनाले, सिन्धुपाल्चोकमा २ जनाका लागि ४१ जनाले, धादिङमा ३ जनाका लागि ६६ जनाले, काभ्रेपलाञ्चोकमा १ जनाका लागि ४० जनाले, काठमाडौंमा ४ जनाका लागि २४२ जनाले, ललितपुरमा १ जनाका लागि १४७ जनाले, मकवानपुरमा १ जनाका लागि ३७ जनाले, चितवनमा १ जनाका लागि ६३ जनाले आवेदन फारम भरेका छन् ।
प्रथम श्रेणीका लागि ४ जिल्लामा ४ जनाका लागि आवेदन खुल्ला गरेकोमा ३० जनाले फारम भरेका छन् । धादिङमा १ जनाका लागि ५ जनाले, काभ्रेपलाञ्चोकमा १ जनाका लागि ५ जनाले, भक्तपुर १ जनाका लागि १५ जनाले र मकवानपुरमा १ जनाका लागि ५ जनाको आवेदन दिएका छन् ।
माध्यमिकमा द्वितीय श्रेणीमा १७ जना शिक्षकका लागि ५९८ जनाले आवेदन फारम भरेका थिए । दोलखामा १ जनाका लागि २० जनाले आवेदन भरेका थिए । यस्तै नुवाकोटमा १ जनाका लागि २१ जनाले, धादिङमा १ जनाका लागि ३१ जनाले, काभ्रेपलाञ्चोकमा ५ जनाका लागि ९८ जनाले, काठमाडौंमा ३ जनाका लागि २०४ जनाले, ललितपुरमा ३ जनाका लागि ९५ जनाले, मकवानपुरमा १ जनाका लागि ३८ जनाले र चितवनमा २ जनाका लागि ९१ जनाले आवेदन फारम भरेका थिए । माध्यमिक तहमा प्रथम श्रेणीका लागि २ जनाका लागि १७ जनाले आवेदन दिएका थिए । रामेछाप जिल्लामा १ जनाका लागि ८ जनाले आवेदन दिएका थिए भने काठमाडौंमा १ जनाका लागि ९ जनाले आवेदन दिएका थिए ।