हेटौंडाः मकवानपुरगढी गाउँपालिको जेसीआई मकवानपुरगढी मकवानपुरको मनहरी गाउँपालिकामा जारी दोस्रो संस्करणको चैनपूर जेसीज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा एफसी नमोबुद्धलाई २–१ गोलअन्तरले हराउँदै मकवानपुरगढीले फाइनलको यात्रा पूरा गरेको हो ।
म्यान अफ द म्याच मकवानपुरगढीका कुलदीप कार्की घोषित भए । प्रतियोगिता अन्तर्गत मकवानपुरगढीले फाइनल खेलमा उपाधिका लागि एफसी परेली र मनहरी ५ बीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । दोस्रो सेमीफाइनल खेल आज शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।