हेटौँडाः मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–३, चिसापानीका २१ वर्षीय दिनेश घिसिङ र २० वर्षीय सुवास घिसिङ छन् । उनिहरुको साथबाट ट्रामाडोल ३० क्याप्सुल र ट्यापेन्ट्डोल ७० ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनिहरुलाई हात्तीसुँढे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गत आईतबार साँझ सडकमा शंकास्पद अवस्थामा हिँड्दै गरेको अवस्थामा शंका लागी सुरक्षाजाँच गर्दा लागुऔषध फेला पारेको हो । प्रहरीले दिनेश र सुवासलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई अनुसन्धान गरिरहेको जनाएको छ ।