हेटौँडाः सिन्धुलीको घ्याङलेख गाउँपालिका–४, भैँसेमा ३५ वर्षीय टिका बिक्रम बलको कुटपीटबाट एक जनालाई घाइते भएका छन् । घाइते हुनेमा ४७ वर्षीय धन सिंह घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बलले कुटपीट गरी घलानलाई घाईते बनाएका थिए । घाइते घलानको पेटमा भित्री चोट रहेकोले उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको र बललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।