हेटौँडाः नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ स्थित गणेश गौडा भिरमा एक जना वृद्धको शव फेला परेको छ । कट्टी छाँप बस्ने ७१ वर्षीय हर्क बहादुर पुलामी मगरको शव आइतबार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मगर गत सोमबारदेखि हराइरहेका थिए । बेपत्ता मगरको खोजी गर्दै जाँदा आइतबार गणेश गौडा भिरमा सडेर गलेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा मगरको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ ।