हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, नयनचोकमा बोलेरो जीपले साईकललाई ठक्कर दिँदा साईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो १२ बजेको समयमा ना ४ च ६९५१ नम्बरको बोलेरोले साइकललाई ठक्कर दिँदा साइकल चालक पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका–४ घर भई हाल नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–५ मा डेरा गरी बस्ने १७ वर्षीय इशान अन्सारीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बोलेरोको ठक्करबाट अन्सारी गम्भिर घाइते भएका थिए । घाइते अन्सारीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा १२ बजेर २५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बोलेरो चालक माडी नगरपालिका–३ का २४ वर्षीय मनोज महतोलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।