सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ५ जनाको मृत्यु भएको भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक, नुवाकोट, चितवन र रसुवा जिल्लामा एकैदिन ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४, मेथिनकोट अस्पतालमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर कटारी नगरपालिका–१० सोरूडटार घर भई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोलीमा डेरा गरि बस्ने २५ वर्षीय मुना तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहान ३ बजेर ३० मिनेटको समयमा तामाङ सुतिरहेको अवस्थामा एक्कासी बान्ता भई नाक र मुखबाट रगत बगी बिरामी भएकी थिइन । तामाङलाई उपचारका लागि बिहान ७ बजेर १५ मिनेटको समयमा काभ्रेको मेथिनकोट अस्पतालमा उपचारका लागि लगिएकोमा बिहान ७ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–८, सामरी खोलामा सडिगलेको अवस्थामा एक शव फेला परेको छ । सामरी खोलाको दोभानमा नाम, थर, र लिङ्गको पहिचान नखुलेको ब्यक्तिको सडीगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । खोलाको बिचमा ढुङ्गामा अड्कि पानिमा आधा शरिर डुबेको अवस्थामा शव फेला परेको थियो । मुचुल्का पश्चात शव पोष्टमाटको लागि त्रिशुली अस्पतालको लास घरमा राखिएको प्रहरीले जनाएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–४ बट्टारमा सुतेको अवस्थामा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा २८ वर्षीया संगिता मिजार रहेको प्रहरीले जानकारी दिएको छ । मिजार आफ्नै घरको दोस्रो तल्लाको कोठाको प्यासेजमा सुतेकोमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाण्डौं लगिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२४, लक्ष्मणचोकमा बोलेरोले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेर ४० मिनेटको समयमा प्र ३–०१–०२४च ४९९३ नम्बरको बोलेरोले बा प्र ०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१प ८८८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुबै सवारी साधनमा सवार ३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा स्कुटर चालक चितवनको ईच्छाकामना गाउँपालिका–५, दारेचोकका ३१ वर्षीय सोजन शेरचन, सवार ३७ वर्षीया राम कुमारी गुरुङ र मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४, का ३१ वर्षीय हरिशरण थापा मगर रहेका थिए । घाइते तिनै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा स्कुटरमा सवार राम कुमारी गुरुङलाई १२ बजेर ५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शेरचन र मगरको उपचार भई रहेका छ । बोलेरोलक नवलपुरको गैडकोट नगरपालिका–४ का ३४ वर्षीय राम खनाललाई इलाका प्रहरी कार्यालय चनौलीको नियन्त्रणमा रहेको छ ।

चितवनको माडी नगरपालिका–८, बैकुण्ठ तालमा डुबी बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–१६, गरिमा टोल घर भएका ३५ वर्षीय अर्जुन गौतम रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार गौतम परिवारहरु सहित टोलबाट घुम्नको लागि गएकोमा ताल नजिकै रहेको ढुङगामा चढी फोटो खिच्ने क्रममा चिप्लिएर सोही तालमा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका गौतमका खोजी गर्दै जाँदा बिहीबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–४, लाङटाङ लिरूङ हिमालको खोचमा खसी बेपत्ता भएका विदेशी नागरीकको मृत्यु भएको छ । गत शुक्रबार सुवाको स्याफ्रुबेशी हुदै लाङटाङ लिरूङ हिमाल आरोहणका लागि स्याफ्रुवेशी–लाङटाङ हुँदै हिमाल गएका दुई विदेशी नागरिकहरू हिमालको आरोहण पछि तल फर्कने क्रममा ३४ वर्षीय एक विदेशी नागरीक खोचमा खसी बेपत्ता भएका थिए । बेपत भएका विदेशी नागरिकलाई उद्दार गर्न अल्टिच्युट एयरको हेलिकप्टर आएकोमा मौसमको खराबिको कारण खोजतलास नसकेर फर्किएको थियो । बिहीबार बिहान ८ बजेको समयदेखि अल्टिच्युट एयरको हेलिकप्टर काठमाण्डौबाट लाङटाङ लिरुङ हिमालमा आई खोँचमा खसेको नागरिक खोजतलास गर्दै जाँदा बिहान ११ बजेर ५५ मिनेटको समयमा फेला परेको थियो । नागरिकलाई काठमाण्डौँ त्रिबि शिक्षण अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।