सांकेतिक तस्वीर ।

हेटौँडाः तीन दिनअघि हराएका मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठका ३६ वर्षीय सुनबहादुर थिङ मृत भेटिएका छन् ।

गत मंगलबारदेखि हराइरहेका सुनबहादुरको शव शुक्रबार बिहान घरदेखि २ किलोमिटर दक्षिणतर्फको धारागाउँ जंगलमा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । सुनबहादुरको शव प्रहरीले पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखेको छ । मृत्युको कारणको विषयमा प्रहरीले केही पनि उल्लेख गरेको छैन ।