हेटौँडाः रामेछाप जिल्लाको शैलुङ्ग गाउँपालिका–३, थामचौरमा १५ महिनाको शिशुको दुई तल्ला घरबाट खसेर मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजेको समयमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ घर भई थामचौरस्थित मामाघरमा गएका सन्तोष तामाङको १५ महिनाको छोरा खेल्ने क्रममा २ तल्ला माथिबाट खसेर घाईते भएका थिए ।

स्थानीय टोकरपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घरमै पुगेर प्राथमिक उपचारपछि शिशुलाई थप उपचारका लागि मन्थली लगिएको थियो । उपचारको क्रममा शिशुको शुक्रबार राती ८ बजेर ४५ मिनेटको समयमा मन्थलीस्थित तामाकोशी अस्पतालमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।