सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित प्रतापपुरमा राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय भद्र बहादुर राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मंगलबार बिहान ११ बजे गोठालो जाने क्रममा खोलाले बगाउँदा राई बेपत्ता भएका थिए । राई बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ सशस्त्र प्रहरी पोष्ट कत्लेखोलाबाट प्रहरी सहायक निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा ७ जनाको टोली र स्थानीयहरुले खोजतलास गर्दा मच्याङ भन्ने स्थानमा राईलाई गम्भीर अवस्थामा फेला पारी तत्काल उपचारका लागि मनहरी अस्पतालमा पुर्याइएको थियो । सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा डाक्टरले मंगलबार दिउँसो १ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।