कालोपत्रे गर्न तयारी अवस्थाको सिस्नेरी–दक्षिणकाली सडकखण्ड ।

हेटौँडाः १२ दिन बन्द हुने भनिएको हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको दक्षिणकाली-छैमले-सिस्नेरी सडक खण्ड सुचारु भएको छ । निर्माण कार्यका लागि १२ दिन बन्द गर्ने भनिएको सडक सुचारु गरिएको हो । तत्काल कालोपत्रे गर्ने कार्य नहुने भएपछि सडक खुलाइएको हो ।

काठमाडौंको दक्षिणकाली नगरपालिकाले असोज ८ गते देखि १९ गतेसम्म १२ दिन सडक बन्द हुने गरी काठमाडौंको दक्षिणकाली नगरपालिकाले प्रहरी प्रशासनलाई पत्राचार गरेको थियो । वर्षाका कारण कालोपत्रे गर्ने कार्य नहुने भएपछि निर्माण कार्य स्थगित गरेर सडक संचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक भएर आवत–जावत गर्ने सवारी साधनहरुलाई कुनै किसिमको अवरोध छैन ।