हेटौँडाः रामेछाप जिल्लाको मन्थली नगरपालिका–५, सोनारपानीमा डबल क्याप बोलेरो दुर्घटना हुँदा २ जानको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेको समयमा भित्री सडकखण्डमा मन्थलीबाट ७ जना लिई शालुतर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको डवल क्याप बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटना हुँदा बोलेरोमा सवार ८ जना मध्ये रामेछाप जिल्लाको मन्थली नगरपालिका–४, गैडाथोक बस्ने ६० वर्षीया पदममाया नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो भने ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा धुलिखेल अस्पताल साँझ ६ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको थियो । दुर्घटना हुँदा घाइते भएकाहरुको सामुदायिक अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।