हेटौँडाः हेटौंडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा साधारणसभा सम्पन्न भएको हो ।
सहकारी संस्थाका अध्यक्ष दिलिश जोशीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष महर्जनले सहकारीमा आवद्ध भएका सेयर सदस्यहरुले सहकारीलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
सबैले वित्तीय अनुशासनको पालना गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । सबै व्यक्तिहरुले सहकारीमा राम्रोसँग काम गरेमा भविष्य राम्रो हुने उहाँको भनाइ छ । सहकारीको क्षेत्रमा आफू लागेका कारण वडा अध्यक्ष बन्न सफल भएको उहाँले बाताउनुभयो । आफू अष्टे«लिया भ्रमण गर्दा त्यो देश प्रणालीमा चलेकाले राम्रो भएको कारण नेपाल पनि त्यहीअनुसार चल्नुपर्ने उहाँको भनाइ छ । सरकारी कस्तो तरिकाले चलिरहेको छ भन्ने कुरालाई मध्यनजर गर्न जरुरी रहेको उहाँले औंल्याउनुभयो ।
सहकारीका अध्यक्ष जोशीले आफ्नो कार्यकालसम्म २ करोड रुपैयाँको कारोबार गर्ने योजना रहेको बताउनुभयो । २०७६ सालबाट सहकारीले नाफाको सुरुवात गर्दा अहिलेसम्म ८० लाख रुपैयाँको हाराहारीमा नाफा भएको उहाँले बताउनुभयो । संस्थाको सेयर पुँजी १ करोड १५ लाख ५७ हजार ५ सय रुपैयाँबाट बढेर १ करोड ३४ लाख २१ हजार ९ सय रुपैयाँ पुगेको उहाँले बताउनुभयो ।
सहकारीको कूल बचत रकम ३ करोड ७० लाख ९९ हजार ६८ रुपैयाँबाट वृद्धि भई ५ करोड ३४ लाख ५२ हजार ९ सय २७ रुपैयाँ पु¥याउन सफल भएको उहाँले प्रतिवेदन प्रस्तुत गर्नुभयो । यस्तै, सदस्यहरुबाट धितो, जमानत, शेयर तथा बचत जमानतमा प्रदान गरिएको कर्जालाई ५ करोड ३४ लाख ३१ हजार ७ सय २६ रुपैयाँबाट वृद्धि गरेर ६ करोड ९० लाख ८२ हजार ४ सय ५९ रुपैयाँ पु¥याउन सफल भएको अध्यक्ष जोशीले बताउनुभयो ।