हेटौँडाः मकवानपुरमा बिहीबार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २३ जना बासिन्दा रहेका छन् भने मनहरी गाउँपालिकाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्षको साउन महिनायता जिल्लामा ३ सय ७० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु पुष्टि हुनेमा एक सय ८७ जना पुरुष र एक सय ८३ जना महिला रहेको कार्यालयको तथ्याङ्क छ ।