हेटौँडाः बागमती प्रदेशको दुई जिल्लामा एकै दिन ३ जना मृत फेला परेका छन् । प्रदेशको सिन्धुपाल्चोक र धादिङ जिल्लामा एकैदिन ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–३, छिम्ति दोभानमा एक जना पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा छिम्ती खोलाको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । शव सडि गलेको अवस्थामा फेला परेको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि नगर अस्पताल मेलम्ची लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३, दावीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा जात्राथली बस्ने ५५ वर्षीय मान बहादुर बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेको समयमा भोटेकोशी नदीको किनारमा बस्नेत मृत्त अवस्थामा फेला परेका थिए । बस्नेत साउन २३ गते देखी आफ्नै घरबाट हराइ वेपत्ता बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–६, सिद्धलेख फुर्के खोलामा एक जना महिला मृत फेला परेकी छन् । शनिबार बिहान ८ बजेर ३५ मिनेटको समयमा त्रिशुलि नदीमा हाम्फाली अन्दाजी ५० वर्षीया महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता महिलालाई खोज तलास गर्दै जाँदा सोहि दिन बिहान ११ बजेको समयमा रोराङ गाउँपालिका–३ मलेखु हिल्टप स्थित घुमाउनेमा पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेकी थिईन । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि काठमाण्डौ स्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।