हेटौंडाः हेटौंडा अस्पतालको प्रशासन कार्यकक्षमा तालाबन्दी गरिएको छ । शुक्रबार अस्पतालका पुराना कर्मचारीहरुले मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्याल र प्रशासन प्रमुख गोविन्दप्रसाद पुडासैनीको कार्यकक्षामा तालाबन्दी गरेका हुन् ।
अस्पतालले बिहीबार सार्वजनिक गरेको अन्तरवार्ताको नतिजामा असन्तुष्टि जनाउँदै पुराना कर्मचारीहरुको एक टोलीले दुईवटा कार्यकक्षामा तालाबन्दी गरेको अस्पतालले जनाएको छ । आफूले गरेको माग सम्बोधन नभएमा पुराना कर्मचारीहरु आन्दोलनमा समेत उत्रिने भएका छन् ।