हेटौँडाः हेटौँडा–४ स्थित जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा आश्रमलाई सहयोग गरेको छ ।
सहकारीको चौधौं स्थापना दिवसको अवसरमा शनिबार बिहान हेटौँडा–२ स्थित ओम वृद्धाश्रमलाई १० हजार पाँच सय पाँच रुपैयाँ सहयोग गरेको हो । सहकारीका अध्यक्ष बसन्त राज गौतमले आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहकारीमा ८ सय ६५ जना सदस्य छन् ।