हेटौँडाः बागमती प्रदेश सरकारको मन्त्रीमणडल संख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको छ । प्रदेशका ४ मन्त्रीले शनिबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । शनिबार बिहान एक समारोहका बीच मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त गरेका ४ मन्त्रीले प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट सपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरज चन्द्र लामिछाने, मिनकृष्ण महर्जन, हरिप्रभा खड्गी र बिमल ठकुरीलाई सपथ गराउनुभएको हो । बुधबार नियुक्त भएका ३ र बिहिबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो । लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बुधबार नियुक्त भएका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्याम बहादुर खड्काले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय पाउनुभएको छ । मदु कुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ । यसअघि बागमती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट ६ जना मन्त्री नियुक्त भएर जिम्मेवारी समेत तोकिएसकिएको छ । एमालेबाट निर्वाचित मन्त्रीहरुले आआफ्ना ेमन्त्रालयमा कामको सुरुवात समेत गरिसकेका छन् ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन कुमार मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।