हेटौंडाः हेटौंडा राइडर्स क्लबको आयोजनामा हेटौंडा कोरा साइकल च्यालेन्ज–२०२४ सुरु भएको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन र नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले संयुक्त रुपमा कोरा साइकल च्यालेन्जको उद्घाटन गर्नुभयो ।
५० किलोमिटर दुरी पार गर्नुपर्ने र्यालीमा मकवानपुरसहित बारा, पर्सा, चितवन, काठमाडौंका लगायतका जिल्लाबाट गरी २ सय ५० जनाभन्दा बढी सहभागि रहेको क्लबका सदस्य विपिन ताम्राकारले जानकारी दिनुभयो । र्याली समुह हेटौंडा बजार, सानोपोखरा, वनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी सालकपार्क, राजदेवी हुँदै एक्लेखेतमा पुगेको छ । खाना खाइसकेपछि हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ, बुद्धचोकबाट राइडर्स चोकमा आइपुगेपछि कोरा र्याली सम्पन्न हुनेछ । टोली बुद्धचोक आइपुग्न साँझ ५ बज्ने ताम्राकारले बताउनुभयो ।
कोरा र्यालीमा क्लबका स्वयम्सेवकहरुले व्यवस्थापन, नेपाल प्रहरीहरुले सुरक्षा र ट्राफिक प्रहरीहरुले ट्राफिक व्यवस्थापन गरिरहेको छ । मकवानपुर जिल्ला साइकल संघको सहकार्यमा र हेटौंडा उमहानगरपालिकाको मुख्य सहयोगमा हुने कोरा साइकल ¥यालीमा ५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ । क्लबले विगत ७ वर्षदेखि कोरा साइकल र्यालीको आयोजना गर्दै आएको छ ।