सांकेतिक तस्वीर ।

हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६ स्थित गोरखनाथ सामुदायिक वनमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोशी गाउँपालिका–१०, वाल्टिङका ५२ बर्षीय नीरकुमार क्याप्छाकी मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो २ बजेर २० मिनेटको समयमा गोरखनाथ सामुदायिक वनको नजिकैको प्रतिक्षालयमा मगर मृत फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएकोमा बुधबार दिउँसो ३ बजेको समयमा मगरको छोराले पहिचान गरी लगेको प्रहरीले जनाएको छ ।