हेटौंडाः चितवनको भरतपुर महानगरपालिका–५, मेलमिलाप टोलमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको पकाहा महिनपुर गाउँपालिका–५ घर भई हाल मेलमिलाप टोलमा डेरा गरी बस्ने ५० वर्षीय सतकोरप्रसाद चौरसिया रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बिहीबार बिहान ५ बजेर ५० मिनेटको समयमा बाटोमा हिँड्ने क्रममा चौरसिया अचानक बेहोस भएका थिए । बेहोस चौरसियालाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा बिहान ७ जेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।