रक्तदान गर्दै रक्तदाता

हेटौँडाः मदन भण्डारीको ७३ औं जन्मजयन्तीमा बुधबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरको आयोजनामा हेटौँडा–१ स्थित रक्तसञ्चार केन्द्रमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८ जना पुरुष र २ जना महिलाले रक्तदान गरेका छन् । फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षमा कार्यक्रम भएको हो ।