हेटौंडाः बजेट माथिको छलफलका लागि बागमती प्रदेशसभा बैठक बस्दैछ । बुधबार बिहान ११ः३० बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्ने तय भएको हो ।
उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक माथि छलफल हुने कार्यसुचि रहेको छ । बैठकमा मन्त्रालयगत बजेट कार्यक्रम माथि सांसदहरुले आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभयो ।
मंगलबारको बैठकमा ५ वटा मन्त्रालयको बजेट माथि छलफल भएको थियो भने आजको बैठकमा बाँकी मन्त्रालयको बजेट माथि छलफल हुन उहाँले बताउनुभयो ।