गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङलाई बजेट हस्तान्तरण गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष वनस्थम थिङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।

राक्सिराङ गाउँपालिकाले संघीय सरकारबाट ४० करोड ६४ लाख ३४ हजार रुपैयाँ, प्रदेश सरकारबाट ७ करोड ७० लाख ३८ हजार रुपैयाँ र आन्तरिक स्रोत ६ करोड २७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । राक्सिराङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार रुपैयाँ र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।