(लघुकथा)
एकादेशमा एउटा गाउँमा राम भन्ने मानिस बस्थो । उसले गाउँलेहरुलाई सताउँथ्यो । उसलाई आफ्नो बलमा धेरै नै घमण्ड थियो । उसले गाउँलेलाई आफ्नो बलको कारणले धेरै नै पिरोल्थ्यो र गाउँमा आफुले भनेको नै मान्नु पथ्र्यो । उसले गाउँलेलाई मन पराउँथेन । गाउँलेले पनि उसलाई मन पराउँथेन । उसले गाउँका सरपञ्चलाई पनि गुलाम जस्तै गर्दथ्यो । गाउँ वरिपरीका प्रहरी पनि उसँग डराउँथे । एक दिन गाउँको चौतारीमा गाउँलेले र सरपञ्चहरु मिलेर रामलाई नबोलाई र थाहा नदिई छलफल गरे । त्यो छलफल एउटा गाउँलेलाई उसको कमजोरी थाहा थियो कि उसलाई डाँकुहरुसँग डर लाग्थ्यो । त्यही छलफल योजना भयो कि १०/१२ जना गाउँले मिलेर डाँकु बन्ने र अरु गाउँलेले उसलाई बचाउने निर्णय भयो ।
एकदिन राम शिवपुर भन्ने गाउँमा जाँदै थियो । त्यो कुरा चाहि गाउँलेले थाहा पाए । १०/१२ जना गाउँले डाकु बनेर जंगलमा गए । किनभने शिवपुर जाँदा यहि बीचमा एउटा जंगल पर्दथ्यो । अरु गाउँले राम पछि–पछि गए । जतिखेर नि डाँकुहरु आए त्यति नै खेर गाउँले झाडीमा लुके । डाँकुहरु आएपछि एकछिन त रामले आफ्नो गोद्यो । तर पछि मार खायो । एकछिन पछि गाउँले आएर रामलाई बचाए, त्यसपछि रामले आफ्नो घमण्डको लागि माफी माग्यो र धन्यवाद पनि भन्यो । त्यसपछि उनिहरु मिलेर बस्न थाले ।
(यो कथाबाट हामीले कहिले पनि घमण्ड गर्न हुँदैन र कमजोर मानिसलाई दुःख दिनु हुँदैन भन्ने शिक्षा पाउँछौं ।)