हेटौँडाः बागमती प्रदेश सभामा प्रतिपक्षी दलले अवरोध गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक बर्षको बजेट असन्तुलित भएको भन्दै प्रदेश सभा बैठकमा प्रतिपक्षी दलले अवरोध गरेका हुन् ।
निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको थियो । प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट माथि छलफलका लागि बिहिबार बिहान ११ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरिएको थियो । बिहिबार दिउँसो १ बजे सुरु भएको बैठक प्रतिपक्षी दलले अवरोध गर्दै नारावाजी गरेका छन् । प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले बजेट असन्तुलित भएको भन्दै खारेज गर्न माग गरेका छन् । प्रतिपक्षी दल नेपाली काँग्रेस र राप्रपाका प्रदेश सभा सदस्यहरुले बजेट सन्तुलितन भएको र बजेटमा त्रुटि भएको भन्दै विरोध गरेका हुन् । प्रतिपक्षी दलले बजेट पुनर्लेखन गर्न माग गरेका छन् ।











