हेटौँडाः नेकपा एमालेको जारी १२ औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाको मतगणना कार्य जारी छ । हेटौँडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा भइरहेको मतगणनाअनुसार अध्यक्षमा श्रीधर पोखरेल, उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्टको अग्रता रहेको छ ।
७६५ मत खसेकोमा ५ सय मत गणना गर्दा अध्यक्षका उम्मेदवार श्रीधर पोखरेल २ सय १५ मतसहित अगाडि रहँदा १५० मतसहित ईन्द्रमान स्याङ्तान दोस्रो स्थानमा हुनुहुन्छ । अध्यक्षका आकांक्षी लालबहादुर थापाले ११७ मत पाउँदा देवराज रिमालले १० मत मात्रै पाउनुभएको छ । यस्तै उपाध्यक्षमा हिदम लामा ३१२ मतसहित अगाडि रहनुहुँदा दोस्रो स्थानमा १३१ मतसहित सुनिल मोक्तान हुनुहुन्छ । उपाध्यक्षका अर्का आकांक्षाी भरत दुलालले २२ मत पाउनभुएको छ भने ध्रुव चौलागाईले १८ मत पाउनुभएको छ । सचिवमा सीता बिष्टले २ सय २ मत पाएर अगाडि हुनुहुन्छ भने अर्का आकांक्षी मदन दाहालले १५६ र राजन थापाले ११० मत पाउनुभएको छ ।
उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामा १४७ मतसहित अगाडि हुनुहुन्छ भने दिपक खड्काले ११७ मत, ईन्द्रप्रसाद नेपालले ९० मत, कृष्ण प्रसाद चौलागाईंले ६० मत र खेम जर्गा मगरले ६३ मत पाउनुभएको छ । उपसचिव महिलातर्फ आरती पाठक १५६ मतसहित अगाडि हुनुहुन्छ भने कल्पना बलामी १०५ मत, जुना दाहाल १०३ मत र पार्वती राना १०५ मत पाउनुभएको छ । ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयनका लागि आइतबार मतदान भएको थियो । मतगणनाको अन्तिम नतिजा सोमबार नै सार्वजनिक गर्ने तयारी निर्वाचन कमिटीको छ ।