हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ मा रहेको आधुनिक राष्ट्रिय माविमा कक्षा १० का ८ जना मनिटर चयन भएका छन् । विद्यालयको कक्षा–१० रहेको ८ वटा सेक्सनका विद्यार्थीबीच निर्वाचन गराएर मनिटर र सहायक मनिटर चयन गरिएको हो ।
विद्यालयले शुक्रबार मतदान कार्यक्रम आयोजना गरेको थियो । मतदानबाट नेपाली माध्यमको मनिटरमा जयप्रकाश साह मनिटर र रोशनी शाख सहायक मनिटरमा चयन हुनुभएको छ । यस्तै, अंग्रेजी माध्यमतर्पm सेक्सन ‘ए’को मनिटरमा दिपेश कुशवाह र सहायक मनिटरमा अनिष जैसवाल चयन हुनुभएको छ ।
सेक्सन ‘बी’को मनिटरमा अमनकुमार यादव र सहायक मनिटरमा इरोज सेढाइ निर्वाचित हुनुभएको छ । सेक्सन ‘सी’को मनिटरमा सफरोज आलम र सहयक मनिटरमा एलिज परियारनिर्वाचित हुनुभएको हो । यस्तै, सेक्सन ‘डी’को मनिटरमा रविप्रसाद यादव र सहायक मनिटरमा दिनेश महतो निर्वाचित हुँदा सेक्सन ‘इ’मा क्रमशः अध्ययन राना मगर र सोसिका खड्का मनिटर र सहायक मनिटर चयन हुनुभएको छ । ‘एफ’ सेक्सनमा इसिका श्रेष्ठ र सन्तोष लामा तथा ‘जी’ सेक्सनमा दीपेश लामा र किस्मत सुवेदी क्रमशः मनिटर र सहायक मनिटरमा निर्वाचित हुनुभएको विद्यालयका शिक्षक तथा निर्वाचन कार्यक्रम संयोजक लक्ष्मी खनालले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रममा मनिटरमा २७ जना र सहायक मनिटरमा २० जनाको उम्मेदवारी परेको थियो । विद्यालयको कार्यक्रममा कक्षा १० का ४ सय ८ जना विद्यार्थीले मतदान गरेका थिए भने ३२ जना अनुपस्थित थिए । कार्यक्रममा १३ जनाको मत बदर भएको थियो । ८ जना मतदान अधिकृत, १६ जना कर्मचारी, ४० जना म्यादी प्रहरी, २५ जना स्काउट र १५ जना रेडक्रसका विद्यार्थीको सहयोगमा निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।