हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४, कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयको क्याप्टेनमा कृष्णा यादव विजयी हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा १ सय ५ मत हासिल गर्दै कक्षा ७ मा अध्ययनरत यादव विद्यालयको क्याप्टेन चयन हुनुभएको हो ।
विद्यालयको उपक्याप्टेनमा कृष्ण कुमार साह निर्विरोध निर्वाचित हुनु भएको छ । विद्यालयले शुक्रबार विभिन्न पदमा निर्वाचन सम्पन्न गरी चारवटा हाउसको क्याप्टेन तथा उपक्याप्टेन तथा युवा रेडक्रस सर्कलको पदाधिकारीसमेत चयन गरेको छ । विद्यालयको ब्लु हाउस क्याप्टेनमा कक्षा ८ का आर्यन चौरसिया १५ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उपक्याप्टेनमा कक्षा ६ का कृष थिङ २८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । यस्तै, एल्लो हाउसको क्याप्टेनमा कक्षा ९ का विवश तिमल्सिना निर्विरोध निर्वाचित हुनु भएको छ ।
रेड हाउसको क्याप्टेनमा कक्षा ७ का विकासकुमार गुप्ता २१ मतले निर्वाचित हुनुभएको छ भने उपक्याप्टेनमा कक्षा ७ कै सोनु अहमद अन्सारी २३ मतले निर्वाचित हुनुभएको हो । यस्तै, ग्रिन हाउसको क्याप्टेनमा कक्षा ९ का अनिक गुप्ता २३ मतले निर्वाचित हुनुभएको छ भने उपक्याप्टेनमा कक्षा ६ की सञ्जीवनी भुजेल निर्विरोध निर्वाचित हुनुभएको हो ।
विद्यालयको युवा रेडक्रस सर्कल (युरेस)को अध्यक्षमा कक्षा ६ का टुकनाथ पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले १०७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा कक्षा ७ की खुशी बलम्पाकी मगर र सहसचिवमा कक्षा ६ की निखत खातुन निर्विरोध हुनुभएको छ । युरेस सदस्यमा कक्षा ६ का जीत जैसवाल र खुश्बु खातुन विजयी हुनुभएको छ । छात्रा आरक्षण सदस्यमा कक्षा ६ की अञ्जली घलान निर्विरोध निर्वाचित हुनुभएको हो ।
विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले विद्यालयले वर्षेनि विद्यार्थीबीच निर्वाचन गराएर नेतृत्व चयन गर्ने गरेको विद्यालयका शिक्षक एवम् निर्वाचन अधिकृत प्रमोद ढकालले जानकारी दिनुभयो । निर्वाचनमा विद्यालयको ४ कक्षादेखि १० कक्षासम्मका करिब ३ सय जना मतदाता रहेका र्थि । कक्षा १० का विद्यार्थीलाई कुनै पनि पदमा उम्मेदवार बनाइएको थिएन ।