हेटौंडाः कवि गगन योक्पाङ्देनको केवा फुङ्को गीतमाथि परिचर्चा एवम् एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार झरना साहित्यिक परिवार मकवानपुरको ३ सय ३ औं साहित्य श्रृंखलाको अवसरमा योक्पाङ्देनको कृतिमाथि परिचर्चा तथा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
साहित्यकार घनश्याम घिमिरेले फुङको गीतमाथि समीक्षात्मक तिप्पणी गर्नुभएको थियो । समीक्षक घिमिरेले आफूले भोगेको वास्तविक कुराहरुलाई कविताको माध्यमबाट चित्रण गरेको बताउनुभएको छ । समावेशी र आत्माको परिचालनलाई कवितामा हेर्दा विभिन्न कुराहरुलाई समेटेको उहाँले बताउनुभयो । आफ्नो पहिचानलाई आफूले बचाउनुपर्छ भन्ने उद्देश्यले कवितामा समावेश भएको उहाँले धारणा राख्नुभयो । विचार विषय चयन विम प्रतिग शैलीहरुमा नयाँ अनुभव हुने कुराहरुलाई समेटिएको उहाँको भनाइ छ ।
कवितामा विचार र परिपक्वताको अभाव भएको उहाँले मूल्यांकन गर्नुभएको छ । विचार नवीनतम, विषय विम प्रतिगको शैलीहरुलाई नयाँ ढाँचाबाट संरचना गरिएको उहाँले बताउनुभयो । स्वाभिमान, आत्मपहिचान र संस्कृतिको दृष्टिकोणले हेर्दा अरुको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । कविताले अरु चार्डपर्वको तुलनामा दशैं र तिहारलाई नै केन्द्र बनाएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । पहिचान र सामाजिक बिचको रेखालाई चित्रण गर्नुपर्ने उहाँको धारणा छ । विद्रोह रुपान्तरण र नेपाली राजनीतिलाई हिंसात्मक आन्दोलनको रुपमा कमजोर देखिएको उहाँले बताउनुभयो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले हरेक मानिसहरुले पहिलो पटक कविताको रचना गर्दा आलोचनाको सामना गर्नुपर्ने बताउनुभएको छ । साहित्यकारहरुले कविताहरु रचना गर्ने क्रममा आकर्षण बनाउन फरक तरिकाले कसरी लेख्नुपर्ने भन्ने कुराको मूल्यांकन गर्न आवश्यक रहेको बताउनुभयो । कवितामा आफ्नोपन कसरी झल्काउन सकिन्छ भन्ने कुरा बुझ्नुपर्ने उहाँले बताउनुभयो । कविता कला र विचारको सन्तुलन मिलाएर लेख्नुपर्ने उहाँको भनाइ छ । साहित्यकार घिमिरेले गरेको समीक्षात्मक टिप्पणीलाई मध्यनजर गर्न उहाँले आग्रह गर्नुभयो ।
योक्पाङ्देनले केवा फुङ्कोको १० वटा कविता वाचन गर्नुभयो । उहाँले आमा प्रति, पानीको जीवन, उपहार, छोरीको चकचक, भरिएको कथा, बाटो को आयो, एउटा घरको दिनचर्या, छिमेकीलाई, पवन हलुवाईको दिनचर्या र साइली सोल्टिनीको बैंश शीर्षकमा कविता वाचन गर्नुभएको हो । झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्ञ्जेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न साहित्य क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।