हेटौँडाः हेटौँडा–१९, नेवारपानीस्थित सहरी स्वास्थ्य केन्द्रको आयोजनामा शुक्रबार बृहत स्वास्थ्य शिविर भइरहेको छ । १९ नम्बर वडा कार्यालयको आयोजना तथा कलेज अफ मेडिकल साइन्स पुरानो मेडिकल कलेज भरतपुरको सहयोगमा शिविर भएको वडा सचिव राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
शिविरमा स्त्री तथा प्रसुती, अर्थोपेडिक, बाल, जनरल फिजिसियन, सुगर प्रेसर, दाँतसम्बन्धी स्वास्थ्य परीक्षण भइरहेको छ । शिविरमा ४ सय जनाले सेवा लिने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा १६ जना डाक्टर ४ जना नर्सहरुले सेवा दिइरहेका छन् ।