हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा एकै दिन आगलागी भएको छ । शनिबार २ स्थानमा भएको आगलागीमा परी १४ लाख बराबरको क्षती भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
हेटौँडा उपमहानगरपालिका–१६, आकास धारा बस्ने शेर बहादुर गोलेको जस्ताले छाएको काठको एक तले घरमा बिजुलिको तार सर्ट भई आगलागी भएको हो । आगलागीहुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा भाँडावर्तन र नगद एक लाख गरी आठ लाख बराबरको सामानहरु जलि नष्ट भएको छ । अन्य मानबिय तथा चौपायको क्षति नभएको प्रहरीले जनाएको छ ।
यस्तै, बकैया गाउँपालिका–१, विजुलडाँडामा ७२ वर्षीय बल बहादुर मोक्तानको १ तले जस्ताको छानो भएको कच्ची घरमा र खरले छाएको कच्ची गोठमा आगलागी भएको छ । मुनाल सामुदायिक वनबाट सल्किएको आगोबाट घरमा आगोलागीहुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन र गोठमा रहेका काठपात पुर्ण रुपमा जली नष्ट भएको हो । आगलागीबाट ६ लाख बराबर क्षती भएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आएको र मानविय, चौपाय क्षती नभएको प्रहरीले जनाएको छ ।