हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जिल्लाका सबैजस्तो पालिकामा कक्षा–८ को पालिकास्तरीय परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ ।
कैलाश गाउँपालिकाले चैत २८ गते बुधबार कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो । गाउँपालिकाबाट २ सय ९७ जना विद्यार्थीहरुले परीक्षाको फारम बुझाएकोमा २ सय २३ जना विद्यार्थी उर्तीण भएका छन् । ७४ जना विद्यार्थीहरु अनुत्र्तीण भएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । कैलाशमा कक्षा ८ को परीक्षामा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको अधिकारीले जानकारी दिनुभयो ।
प्राविधिक सहायक अधिकारीका अनुसार परीक्षा फागुन ३० गते शुक्रबारबाट सुरु भई चैत ७ गते बुधबार सकिएको थियो । कैलाश गाउँपालिकामा कक्षा–८ सम्म पढाई हुने विद्यालय १० छन् । गाउँपालिकामा कक्षा ८ को परीक्षा दिने सबै विद्यार्थी सामुदायिक विद्यालयका हुन् । गतवर्षको नतिजा हेरी यसवर्षको नतिजामा केहि सुधार भएको अधिकारीले बताउनुभयो ।