हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३, हाँडीखोलामा भाइले प्रहार गरेको खुकुरीबाट दाइ घाइते भएका छन् । बिहीबार राती ९ बजेको समयमा २६ वर्षीय कृष्ण तामाङ बलले खुकुरी प्रहार गरी आफ्नै दाइ २८ वर्षीय कप्तान तामाङ बललाई गम्भीर घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

खुकुरी प्रहारबाट कप्तानको छात्ति, पेट, कुममा चोट लागी गम्भीर घाइते भएका छन् । घाइते कप्तानको हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । घटनाको कारण नखुलेको र खुकुरी प्रहार गर्ने कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।