हेटौँडाः मकवानपुर संयुक्त इसाई समुदायको आयोजना बिहिबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
हेटौँडा–१०, बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा १६ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । इसाई समुदायले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ । रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा भएको सापकोटाले बताउनुभयो ।
यसअघि बुधबार हेटौँडा–१०, बुद्धचोकमा राउण्ड टेबलको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । आज शुक्रबार पूर्वीनगर इसाई समन्वय समितिले हेटौंडा–१८, रामधुनीचोक र चैत २२ गते जनचेतना बचत तथा ऋण सहकारी संस्था रातोमाटेमा रक्तदान कार्यक्रम गर्दैछ ।