हेटौँडाः हेटौँडा उपमहानगरपालिका–८, कमानेस्थित निमचोकमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । शनिबार निलगिरी बाल समुहको आयोजना तथा कालिकामाई टोल विकास सस्थाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा ३१ जना पुरुष र १० जना महिलाले रक्तदान गरेका हुन । पहिलो पटक बालसमुहले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा निलगिरी बाल समुहका अध्यक्ष सिमोन भट्टराईको सभाअध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको विशिष्ट आतित्थ्यता रहेको थियो । रक्तदान कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष राम कृष्ण थापा, जिल्ला रेडक्रस सोसाइटीका मन्त्री सुमित्रा काफ्ले, कालिकामाई टोल विकास अध्यक्ष रामकृष्ण घिमिरे, वडा जनप्रतिनिधि, टोल विकास समन्वय समितिका बिष्णु अर्याल, ८ नम्बर वडा सहजकर्ता रोजिता दङ्गाल, कलिकामाई टोल बिकास आमा समूह, निलगिरी बाल समूह अभिभावक भिमसेन घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।