हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–३, कटुसघारीमा चलिरहेको एक्साभेटरमा आगलागी भएको छ । आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । एक्साभेटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार बेलुका ७ बजेर १० मिनेटको समयमा ग्राभेल पन्छाउने क्रममा एक्कासी हाईड्रोलिक पम्पमा अचानक आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सारांश बालुवा उद्योग क्रसरको काम गर्ने क्रममा डि.एस. कन्स्ट्रक्सनको बा १ क ६६८७ नम्बरको एक्साभेटरले ग्राभेल पन्छाउने क्रममा एक्कासी आगोलागी भएको थियो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको साथै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।