हेटौँडाः महाकालीको कुतियाकभरदेखि मेचीको केचनाकमलसम्म ११ सय किलोमिटर साईकल यात्रा शुरु गरेका बाँके नेपालगन्जका दुई साईकल अभियन्ता रमेश मल्ल र सतिश निरौला सातौं दिन हेटौँडा आइपुगेका छन् । बुधबार साँझ मल्ल र निरौलालाई हेटौंडामा स्वागत गरिएको छ । मकवानपुर जिल्ला साईक्लिकिङ संघका राजकुमार मिश्र, राजिव खड्गी, हिमालयन राईडर्सका राजु सारु मगर, रामकुमार श्रेष्ठ, अशोक श्रेष्ठ, हेटौँडा राइडर्सका विकास ताम्राकार र साईकल अभियन्ता जीवन शर्माले हेटौँडामा स्वागत गर्नु भएको थियो ।
बाँकेमा रहेर साईकलको कुम्भ मेला भनिने साइकल महोत्सव “टुर दि ठाकुरद्वार“ कार्यक्रमका निर्देशक सतिश निरौला महाकाली–मेची यात्राले साईकलको महत्व र अभियानका बारेमा विभिन्न जिल्लाका साईकल अभियानमा साथिहरुसँग जोडिन यात्रा गरेको बताउनुहुन्छ । अर्का साईकलयात्री रमेश मल्ल “टेन्डम” साईकलमा ११ सय किलोमिटर यात्रा अनुभव सम्भवतः नेपाल मै पहिलो भएको बताउनुहुन्छ । दैनिक सय किलोमितर यात्रा लक्ष्य राख्नु भएका उहाँहरुको यात्रालाई निर्माणाधिन लोकमार्गहरुले गर्दा समस्या परेको बताउनु भयो । हेटौँडाबाट अबको यात्रा पूर्वी नेपालको केचनाकमल गएर टुङ्गिने छ ।