हेटौंडाः नेकपा एमाले थाहा नगर कमिटीको अध्यक्ष सुरेन्द्रमान प्रधान चयन हुनुभएको छ । पार्टी नगर कमिटीको तेस्रो अधिवेशनबाट प्रधान अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनबाट प्रधानको अध्यक्षतामा ६७ सदस्यीय नगर कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा हेमकुमार थिङ, सचिवमा सुजन रायमाझी, उसचिवमा तुलसा विष्ट र सूर्यबहादुर चयन हुनुभएको छ । नवनिर्वाचित कमिटीको कार्यकाल ३ वर्षको हुनेछ ।