प्रदेशस्तरीय राष्ट्रपती रनिङ शिल्डमा दौडतर्फ तृतीय हुने मकवानपुरको टिम

हेटौंडाः १४ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथ्लेटिक्सतर्फ मकवानपुुरले ८ वटा पदक प्राप्त गर्दै तृतीय भएको छ । मंगलबार चितवन जिल्लाको चित्रवन रंगशालामा भएको प्रतियोगितामा ३ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक प्राप्त गर्दै मकवानपुुर प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा तृतीय हुुन सफल भएको एथ्लेटिक्सका टिम कोच रञ्जिता फुुयाँलले जानकारी दिनुुभएको हो ।
मकवानपुुरबाट १ सय मिटर दौडमा जिकेश सापकोटाले स्वर्ण, २ सय मिटर दौडमा रजत र ४ सय मिटर रिले दौडमा कास्य पदक जित्न सफल भएका छन् । यस्तै, मकवानपुुरकी दीना गोपालीले १ सय मिटर दौडमा कास्य, २ सय मिटर दौडमा स्वर्ण र ४ सय मिटर दौडमा रजत पदक र ४ सय मिटरको रिले दौडमा कास्य पदक प्राप्त गरेकी छिन् । यस्तै, सुुविनले लङ जम्पमा स्वर्ण पदक प्राप्त गरेका छन् । एथ्लेटिक्सतर्फका खेलाडीहरुको प्रतिनिधित्व गर्न टिम कोचको रुपमा रञ्जिता फुुयाँल, सन्ध्या श्रेष्ठ, सन्देश तमाङ र डेबीट मिजार जानुुभएको थियो ।

गतवर्ष एथ्लेटिक्सतर्फको प्रतियोगितामा मकवानपुुरले ६ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो । चित्रवन रंगशालाको मैदानको संरचना व्यवस्थित नभएका कारण मकवानपुरको पदकमा असर पुगेको सहभागीको भनाइ छ । एक सय मिटर दौड प्रतियोगिताको क्रममा मैदानमा ढुुंगा, गिटी जथाभावी फैलिएका कारण मकवानपुुुुुुुरकी गोपाली लडेर तेस्रो हुुनुपरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुुभयो । यस्ता प्रकारका कमी कमजोरीले खेलाडीहरुको खेल जीवनमा नकारात्मक असर पर्ने उल्लेख गनुुहुुँदै उहाँले मैदानको संरचनालाई ध्यान नदिएर प्रतियोगिता गराएको बताउनुुभयो । मैदान व्यवस्थित नभएका कारण कति खेलाडीहरुले आपत्ति जनाएको उहाँले बताउनुुभयो ।

कराँतेमा मकवानपुुरलाई ६ वटा कास्य पदक

प्रदेशस्तरीय राष्ंट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत् कराँतेमा मकवानपुुर जिल्लाले ६ वटा पदक प्राप्त गरेको छ । चितवनको भरतपुुर नगरपालिका–१० को कभर्ड हलमा सोमबार र मंगलबार सञ्चालन भएको प्रतियोगितामा सहभागी १२ खेलाडीमध्ये ६ जना खेलाडीले कास्य पदक प्राप्त गर्न सफल भएको टिम कोच रसिक श्रेष्ठले जानकारी दिनुभएको छ । मकवानपुुरको प्रतिनिधित्व गर्ने ५२ केजी तौल समूहबाट राज भोलन, ५७ केजी तौल समूहबाट सनराज पाख्रिन, ६२ केजी तौल समूहबाट एस नेपाल, ४२ केजी तौल समूहबाट अरुण गमाल र ६० केजी तौल समूहबाट सुशीला श्रेष्ठले पदक प्राप्त गरेको उहाँले बताउनुभयो ।

बाहिरी जिल्लामा भएको प्रतियोगितामा मकवानपुरे रेफ्रीको अभाव भएका कारणले पनि कास्य पदकमा चित्त बुझाउनुपरेको उहाँले बताउनुभयो । नियमित प्रशिक्षण भएको अवस्थामा पनि खेलाडीहरुको उपस्थिति समयमा नभएका कारण मकवानपुरले कम पदक प्राप्त गरेको टिम कोच श्रेष्ठको भनाइ छ । कराँतेबाट प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुरका खेलाडीले अनुभव हासिल गरेको बताउँदै ६ वटा पदक प्राप्त गरेकोमा उहाँले खुशी व्यक्त गनुभयो । पहिलो पटक सहभागी भएका खेलाडीहरुले पनि पदक प्राप्त गरेको उहाँको भनाइ छ ।

तेक्वान्दोतर्फ मकवानपुरकी नेगीलाई स्वर्ण

तेक्वान्दोतर्फको प्रतियोगितामा मकवानपुर जिल्लाकी समीक्षा नेगीले स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् । मंगलबार चितवनको कभर्ड हलमा सम्पन्न भएको खेलमा हेटौंडा–१४, मयूरधापकी नेगी प्रथम तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्न सफल भएकी हुन् ।
मकवानपुरबाट सहभागी १२ जनामध्ये नेगीले मात्र पदक प्राप्त गर्न सफल भएको टिम कोच बिमल विकले जानकारी दिनुभएको छ । १३ औ संस्करणको प्रदेशस्तरीय प्रतियोगितामा २ वटा रजत र एउटा कास्य गरी ३ वटा पदक प्राप्त गर्न सफल भएको मकवानपुरले यो वर्ष एउटा स्वर्णमात्र प्राप्त गर्न सफल भएको बिकले जानकारी दिनुभयो ।

यस वर्षको प्रतियोगितामा मकवानपुरबाट तेक्वान्दोतर्फ सबै नयाँ खेलाडीहरु सहभागी भएका कारणले मकवानपुरले एउटा स्वर्णमात्र जितेको उहाँको भनाइ छ । प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले सेन्सरमा पीएचडी सिस्टमको प्रतियोगितामा पहिलो पटक खेलेकाले पनि ११ वटा पदक गुमाउनुपरेको उहाँले बताउनुभयो ।

उसुमा २ वटा पदक

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत् उसु प्रतियोगितामा मकवानपुरका २ जना खेलाडीहरुले रजत पदक प्राप्त गरेका छन् । मंगलबार काठमाडौंको त्रिपुरेश्वर रंगशालामा सम्पन्न भएको खेलमा ४२ केजीतर्फ संगम मोक्तान र ४२ केजीमा छात्रा खेलाडीले रजत पदक प्राप्त गर्न सफल भएका हुन् । प्रतियोगितामा मकवानपुरबाट १२ जना खेलाडीहरु सहभागी भएको मकवानपुर जिल्ला उसु संघका सचिव विश्वनाथ पाठकले बताउनुभयो ।
प्रतियोगितामा मकवानपुरबाट नयाँ खेलाडी पनि सहभागी भएको तथा अनुभवको कमी भएकोले नजिता कम आएको उहाँले बताउनुभयो । प्रतियोगितामा थाउनु र सान्सो विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १० वटा जिल्लाका खेलाडीहरु सहभागी भएका थिए । खेलाडीहरुको प्रतिनिधित्व गर्न टिमकोच विमल थापा मगर, निर्णायकको रुपमा विश्वनाथ पाठक र टिम म्यानेजरको रुपमा हरि बर्तौला जानुभएको थियो

भलिबलमा महिला र पुुरुष दुुबैतर्फको काठमाडौँलाई उपाधि

चितवनः १४ औँ संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलको उपाधि महिला र पुुरुषतर्फ काठमाडौंले जितेको छ । मंगलबार चितवनको भरतपुर महानगरपालिका वडा–१० को चौरमा सम्पन्न भएको फाइनल खेलमा महिलातर्फ काठमाडौंले दोलखालाई र पुुरुषतर्फ काठमाडौंले सिन्धुुलीलाई २–० को सोझो सेटले हराउँदै उपाधि जितेको हो ।

काठमाडौंले दोलखालाई २५–११ र २५–१९ र पुुरुषतर्फ काठमाडौंले सिन्धुुलीलाई २५–२० र २६–२५ ले पराजित गरेको हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा पुुरुषतर्फ चितवनले नुुवाकोटलाई २–० को सोझो सेटले पराजित ग¥यो । नुुवाकोटलाई चितवनले क्रमशः २५–१९ र २५–२२ ले पराजित गरेको हो । महिलातर्फ भएको तेस्रो स्थानको खेलमा रामेछापले चितवनलाई २–० को सोझो सेटले पराजित गरेको हो ।

कबड्डीको उपाधि काभे्र र काठमाडौंलाई

चितवनको भरतपुुर महानगरपालिका–१० को चौरमा मंगलबार सम्पन्न भएको कबड्डी तर्फको फाइनल खेलको उपाधि महिलामा काभ्रे जिल्लाले र पुुरुषतर्फ काठमाडौं महानगरपालिकाले जितेको छ । महिलामा काठमाडौंले काभ्रेलाई र काभ्रेले काठमाडौंलाई हराउँदै उपाधि जितेको हो । पुुरुषतर्फको कबड्डीमा धादिङलाई ४१–४० अंकले हराउँदै काभ्रे फाइनलमा प्रवेश गरेको थियो भने काठमाडौंले भक्तपुुरलाई ३६–१९ अंकले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट हुने खेलाडीहरुले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् । प्रतियोगितामा मकवानपुुर जिल्लाबाट करिब ९८ जना खेलाडीहरु सहभागिता रहेको थियो । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् ।