हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका ५ जना विद्यार्थी नेपाल टप भएको खुसियालीमा क्याम्पसले बुधबार र्याली निकालेको छ । मकवानपुर बहुमुखी क्याम्पसको बीबीए पाँचौं सेमेस्टरका ५ जना विद्यार्थी ४ जिपिएसहित नेपाल टप भएको, उत्कृष्ट नवौं स्थानसम्म २० जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा क्याम्पसले बुधबार हेटौँडामा बाजागाजासहित र्याली निकालेको हो ।
क्याम्पसबाट सुरु भएको र्याली नगरपालिका रोड, सिमाचोक, स्कुलरोड हुँदै क्याम्पसमा पुगी सम्पन्न भएको थियो । र्यालीमा बीबीए, बीबीएम, विज्ञान, वाणिज्य संकायका विद्यार्थी लगायत क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौैडेल, निवर्तमान अध्यक्ष डोरमणि पौडेल, क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष छोइसाङ लामासहित प्राध्यापक, कर्मचारीको सहभागिता रहेको थियो ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले लिएको बीबीए पाँचौं सेमेस्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी इरा लामा, इशा श्रेष्ठ, क्रिष्टिना दाहाल, सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसनले ४ जीपीए ल्याएका हुन् ।