रिटर्नी सेन्टर मकवानपुर गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेकपा माओवादी केन्द्र निकट रिटर्नी सेन्टर नेपाल मकवानपुरको संयोजकमा विजय गौतम चयन हुनुभएको छ । बुधबार जिल्ला पार्टी कार्यालयमा भएको प्रथम भेलाले गौतमको संयोजकत्वमा १९ सदस्यीय जिल्ला तदर्थ समिति चयन गरेको हो ।

विदेशबाट फर्किएर आएका युवाहरुलाई संगठित गर्न रिटर्नी सेन्टर गठन गरिएको नवनिर्वाचित संयोजक गौतमले बताउनुभयो । तदर्थ समितिले जिल्ला भेलाको आयोजना गरेपछि कार्यसमिति चयन गर्ने उहाँले बताउनुभयो । संगठनले युवाहरुलाई विदेशिनबाट रोक्ने र विदेश गएर फर्किएका युवालाई त्यहाँ सिकेका सीपहरुलाई आयमूलक र उत्पादनमुलक काममा प्रयोग गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिका संयोजक सर्केश घलानको प्रमुख आतिथ्यमा भएको भेलामा संगठनका केन्द्रीय सहसंयोजक एवम् बागमती प्रदेश इन्चार्ज हेमन्त पौडेल र पार्टीका जिल्ला सचिव भीम पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।