शोकविदासम्बन्धमा जानकारी गराउन बकैया गाउँपालिकाले जारी गरेको सूचना ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा भोलि बिहिबार शोकविदा घोषणा गरिएको छ । बकैया गाउँपालिकाको ७ नम्बर वडा सदस्य रामकुमार तितुङको बुधबार बिहान निधन भएको शोकमा बिहिबार विदा दिने घोषणा गरिएको हो ।

घरनजिकै काठको बिजुलीको पोल मंगलबार दिउँसो ढलेर लाग्दा गम्भीर घाइते भएका वडा सदस्य तितुङको उपचारको क्रममा बुधबार बिहान ३ बजेको समयमा चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार गाउँपालिकाका अध्यक्षस्तरको निर्णयबाट बिहिबार शोकविदा दिने दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।