हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले शुक्रबार एक सुचना जारी गर्नुहुदै प्रदेशसभाको तेह्रौं अधिवेशन बोलाउनुभएको हो ।
प्रदेश प्रमुख शर्माले फागुन १५ गते मंगलबार दिनको ३ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको हो । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउनुभएको हो । साढे ४ महिनादेखि सञ्चालन हुन नसकेको प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेलाई बस्ने भएको हो । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फागुन १५ गतेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।