हेटौँडाः हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमीका विद्यार्थीले मकवानपुरगढी गाउँपालिका–६, घोप्टेवेशीस्थित कालीदेवी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । ब्रह्मदिक् एकेडेमीमा ९ कक्षामा अध्ययनरत विद्यार्थी र शिक्षक प्रतिनिधि बुधबार कालीदेवी आधारभूत विद्यालयमै पुगेर सहयोग सामग्र्री हस्तान्तरण गरेको हो ।
कालीदेवी आधारभूत विद्यालयमा बाल विकास कक्षादेखि ४ कक्षासम्म अध्ययनरत सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कक्षा–९ मा अध्ययनरत विद्यार्थीले सामाजिक शिक्षा विषयको बुझाईमा सहयोग पुग्ने अपेक्षासहित विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगको कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा ब्रह्मदिक् एकेडमीका सामाजिक शिक्षा विषय शिक्षक भोलाप्रसाद शिवाकोटी, शिक्षकहरू राजेश महतो, अमित क्षेत्री र स्मृति लम्सालको पनि उपस्थिति रहेको थियो ।