हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा सांस्कृतिक पर्व मञ्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड बर्ष) सोनाम ल्होछारको अवसरमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै ३ दिन सार्वजनिक बिदा दिनुभएको हो ।

गाउँपालिकाले ल्होसारको अवसरमा माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिएको हो । माघ २७ गते माघ शुक्ल प्रतिपदाको दिन मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जनाइएको छ । अध्यक्ष मल्लले पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने उल्लेख गर्नुभएको छ ।